अभय दुबे कलैया १८ असार || बाराको छुट्टैछुट्टै स्थानमा चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको छ ।
५ जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान देखि अविरल पानी परिरहेको बेलामा चट्याङ लगेर बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेको बेला फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी मेहताको मृत्यु भएको छ ।
त्यसैगरि चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएको बाराका डीएसपी गौतम मिश्रले बताए । घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । त्यसै गरि कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको पनि मृत्यु भएको छ । बाराका डीएसपी मिश्र बताएउदै चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।