बिरगंज /
पर्यटन विकास कार्यालय बिरगंजका कार्यालय प्रमुख अरविन्द यादवलाइ तत्काल हटाएर दरबन्दी अनुसारको कार्यालय प्रमुखको ब्यवस्थापनको लागि स्थानीयले माग गरेका छन । उपसचिवको दरबन्दी रहेको कार्यालयमा मधेश प्रदेश सरकारले शाखा अधिकृतलाइ पठाएर भ्रस्टाचारलाई बढावा दिएको स्थानीयको गुनासो रहेको छ । बारा र पर्सा कार्यक्षेत्र रहेको पर्यटन विकास कार्यालय बिरगंजले चालू आर्थिक बर्षको योजनामा कमिशन लिएर कार्यादेश दिएको कुरा बाहिरिए पनि संबंधित निकाय अहिले सम्म मौन बसेको छ । कार्यालयलाइ कमाइ खाने भाडो बनाएका शाखा अधिकृत यादवलाइ तत्काल त्यहा बाट जिम्मेवारी मुक्त गरि दरबन्दी अनुसारको कार्यालय प्रमुख ब्यवस्थापन गर्न बहुदरमाइ नगरपालिकाका नगर उपप्रमुख शुश्मा कुशवाहाले माग गरेकी छिन । वडाको पत्र असमब्न्धित ब्यक्तिलाइ दिएर २० प्रतिशत सम्म अग्रिम रकम असुलेका शाखा अधिकृत यादव सङै भुक्तानीको लागि लेखा प्रमुख श्याम पटेलले १० प्रतिशत अग्रिम बुझाए मात्र भुक्तानी हुने उपभोक्ता समितिको दुखेसो रहेको छ ।
Home प्रदेश समाचार प्रदेश न. २ पर्यटन विकास कार्यालय बिरगंजका प्रमुख अरबिन्द यादवलाइ तत्काल हटाउन माग










