रौतहट साउन १० — मधेश प्रदेश जेठो नागरिक संघको अधिवेशन आज वीरगंजमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन संघका संयोजक जगदीश शर्माको अध्यक्षतामा भएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो।
कार्यक्रममा मन्त्री जयसवालले ज्येष्ठ नागरिकको अनुभव र योगदानलाई प्रदेश सरकारले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै, उनीहरूको हितमा नीतिगत सुधार गरिने बताए।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ। नव निर्वाचित पदाधिकारीहरू संयोजक: विजय किशोर झा (रौतहट),प्रथम उपाध्यक्ष: भरत मल्ल (बारा),महिला उपाध्यक्ष: ज्योति शाह (पर्सा),महासचिव: सूखचंद्र लाल कर्ण (धनुषा),सचिव: राम नरेश सिंह (सप्तरी),कोषाध्यक्ष: रविन्द्र प्रसाद सिंह (सर्लाही),उप-कोषाध्यक्ष: राजेश्वर ठाकुर (महोत्तरी),सदस्यहरू: सलमा नेशा खातून (सर्लाही) र महेश्वर लाल कर्ण (रौतहट),अधिवेशनमा मधेशका आठवटै जिल्लाबाट प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले वरिष्ठ नागरिकप्रतिको सम्मान र सेवाको सवालमा संघको भूमिका अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए।











