रौतहट — रौतहटको इशनाथ नगरपालिकामा हाल भइरहेको विकास निर्माण कार्यले तीव्र गति लिँदै गएको स्थानीयबासीले बताउँदै आएका छन् । बिगतको तुलनामा नगरको विकास दर उल्लेखनीय रुपमा अगाडि बढेको भन्दै जनसमुदायलाई आत्मसमीक्षा गरेर निर्णय लिन आग्रह गरिएको छ ।
स्वकीय सचीव प्रमोद यादव सामाजिक सञ्जालमार्फत लेखेका छन्,
“आदरणीय जनसमुदाय महानुभावहरू, बिगतमा भएको र अहिले भइरहेको विकास कार्यको तुलनात्मक मूल्याङ्कन गरी सोचविचारसाथ निर्णय लिनुहोस् । पछि पछुताउनु नपरोस् भन्ने मेरो विनम्र अनुरोध छ ।”
नगर प्रमुख कौशल्या देवीको नेतृत्वमा र प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको प्रशासनिक अनुभवको संयोजनमा विकासले गति लिएको उल्लेख गरिएको छ ।
नगर प्रमुखको स्वकीय सचिव प्रमोद यादवले सामाजिक सञ्जालमा लेख्दै बिगतको तुलनामा हालको विकास कार्य उल्लेखनीय रहेको जनाएका छन् ।
उनका अनुसार नन्दकिशोर गुप्ताको अनुभव, पारदर्शिता र समर्पणले गर्दा इशनाथ नगरपालिका विकासको नयाँ चरणमा प्रवेश गरेको छ ।
नगरवासीहरू पनि नगरमा भइरहेका कामप्रति सन्तुष्टि जनाउँदै आएका छन् । सडक, नाला, खानेपानी, शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवामा देखिएको सुधार उल्लेखनीय रहेको उनीहरूको भनाइ छ ।










