रौतहट २५ साउन । रौतहट जिल्लामा पनि समुदायस्तरमा कोरोना सङ्क्रमण हुन थालेको भन्दै एक घर एक पिसिआर परिक्षण गर्न स्थानिय नागरिकले माग गर्न थालेका छन । रौतहटका केही जनप्रतिनिधिमा नै कोभिड सङ्क्रमण देखिएपछि रौतहटका सदरमुकाम वरिपरि क्षेत्रका नागरिकमा आतङ्क र भयावह फैलिएको जनाइएको छ । कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखा परेको इशनाथ नगरपालिका वडा अध्यक्षको मृन्यु भएपनि उनलाई पनि कोरोना पुष्टि भएको छ तर उनीसंग सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी गर्ने र परिक्षण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । जसले गर्दा स्थानिय नागरिकमा आतंक मच्चिएको पाइएको छ । रौतहटको गौरमा पनि सर्वसाधरण नागरिकको पिसिआर परिक्षण गर्नु पर्नेमा जसपाका केन्द्रिय सदस्य हृदय नारायण दास माग गर्नु भएको छ । अहिले भएको निषेधाज्ञाले कोरोना फ्रलन सक्ने सम्भावनालाई केही न्युन बनाउन सकिने तर केही दिनको भिडभाडले समुदाय स्तरमा नै संक्रमित हुन सक्ने भन्दै पिसिआर परीक्षणको दायरा बढाउन माग गरेको छ । नगरका प्रत्येक नागरिकको पिसिआर टेस्ट गर्नु पर्नेमा उहाको जोड रहेको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रहनु भएका थोकरले जन स्वास्थ्यप्रति नगरले ठोस कदम चाल्न नसकेको र कोरोना परीक्षणको दायरा बढाउन नसकेको उल्लेख गर्नु भएको छ । साथै समुदायको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाएको छ ।रौतहटको सदरमुकाम गौर ,गरुडा र चन्द्रपुरका तरकारी पसलहरुमा अधिकांस संक्रमित नगरका नागरिकहरुको आवतजावत हुने गरेकाले ति नागरिकहरुको निगरानी बढाउनु पर्नेमा स्थानियको माग रहेको छ । गौरको वडा नम्बर ५ मा समेत समुदायस्तरमा नै कोरोना फैलिएको भन्दै स्थानियमा त्रास बढेको थियो ।