उपप्रमुखले अपराधिक शैलीमा ताला तोडे मेयर

4109

रौतहट १८ अषाढ
रौतहट जिल्लाको राजदेवी नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिहले नगर उपप्रमुख अशु सिहले अपराधिक शैलीमा म नभएको अवस्थामा मेरो कार्यकक्षमा लगाइएको ताल्चा फोडेको आरोप लगाउनु भएको छ ।
विहिवार आफनो कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी मेयर सिहले यस्तो गम्भीर आरोप लगाएका हुन । सम्मेलनमा सम्वोधन गर्दै नगर प्रमुख सिहले काम विशेषले बाहिर रहेको बेलामा उपप्रमुख सिह र राजदेवी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष पुलिन्द्र दासले विना कुनै सुचना जानकारी गराइ मेरो चेम्बरको ताल्चा तोडेको बताए ।

सुरक्षाको दृष्टिले कार्यकक्ष मेरो अनुपस्थितिमा नखोल्न कार्मचारीलाई स्पष्ट रुपमा निर्देशन दिएको जनाउदै मेयर सिहले उपमेयरले ताल्चा तोडेकोमा भोलीको दिनमा हुन सक्ने सम्भावित खतराको जिम्मा उपमेयरले लिनु पर्ने जिकिर गरे । उनले भने सुरक्षाको खतरा रहेको छ मेरो कार्यकक्षमा लगाइएको ताला तोडने कार्य गरेकोले विष्फोटक पदार्थ राखिए भने त्यसको जिम्मेवारी कसले लिने हो ।
गएको मंगलवार नगर उपप्रमुख सिहले मेयरको कार्यकक्षमा लगाइएको ताला प्रहरीको रोहबरमा तोडे पनि प्रहरी निरिह बनेर हेरेको थियो । पत्रकारहरुको प्रश्नको जवाफ दिदै मेयर सिहले उपमेयरको आतकवाट नगरपालिकामा कार्यरत कर्मचारीहरु मानसिक रुपमा तनावमा परेको दावी गरे ।
उपप्रमुख र उनका श्रीमानको गतिविधीको कारण कर्मचारीहरु आक्रान्त बनेको उहाको भनाई रहेको छ । उपप्रमुखको निष्कृयताको कारण अगामी आर्थिक बर्षको निति तथा कार्यक्रम समयमा ल्याउन नसकिएको जिकिर गरे । राजश्व परामर्श समितिको बैठक सायमा नगरेकोले अषाढ १० गते नगर सभा हुन नसकेको मेयर सिहको तर्क रहेको छ ।
औसधीको टेन्डरको लागी आव्हान गरीको सिलबन्दी बोलपत्रको फारम दर्ता गराउने विषय लिएर मेरो कार्यकक्षको ताला तोडेको उपप्रमुख सिहको कथन निराधार र अधिकार क्षेत्र बाहिरको करा रहेको उनले दावी गरे । बोलपत्र दर्ता गराउने समय दिनको १२ बजे निर्धारण गरिएकोमा १२ बजेर ५६ मिनेटमा दर्ता गराउन जादा कसरी दर्ता गर्न मिल्ने भनि प्रश्न गरे । ए टु जेड होपसी सोलुसन नेपालका संचालक दिपु ठाकुरले अषाढ १५ मा नगरपालिकामा दिएको निवेदनमा १२ बजेर ५६ मिनेटमा प्रशासकिय अधिकृतको कक्षमा प्रवेश गरेता पनि टेन्डर दर्ता नगरेको जिकिर गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मेयर सिहले उपप्रमुख तथा उपप्रमुखको श्रीमानको कारण सम्पुर्ण कर्मचारीहरुको काम गर्ने अवस्था नरहेको बताए । पछिल्लो समयमा उपप्रमुखले गरेको कर्मचारीको र्दुव्यवहार र मोटर साइकल कव्जाको विषय लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिए पनि प्रहरीले कुनै किसिमका चासो नदेखाएको गुनासो गरे ।
कानुन विपरित कार्य गर्नेलाई पनि प्रहरीले छुट दिनु कानुनको धज्जिया उडाउने भएको टिप्पणी गर्दै कार्यवाहीको लागी दवाव सूजना मिडियाको तर्फवाट गरिदिन आग्रह गरे । छिमेकी मुलुक भारतीय मिडियाको उदाहरण दिनु हुदै नगर प्रमुख सिहले यो अपराधीक कार्य गर्नेलाई कार्यवाही गर्न जोडदार रुपमा दवाव सृजना गर्नु पर्ने जोड दिए ।