रौतहटमा लकडाउन खुकुलो

1203

रौतहट // रौतहट जिल्लामा शुक्रवार देखि लकडाउन खुकुलो गर्ने निर्णय गरिएको छ । रौतहट उद्योग बाणिज्य संघले व्यवसायीहरु मार्कामा पर्न थालेकोले व्यवसाय व्यापर सञ्चालन गर्नु पर्ने व्यवस्था हुनु पर्ने गरेको आग्रहको आधारमा विहिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेष्ठ २३ गते देखि ३२ गते सम्मको लागि आलोपालो गरी एक दिन विराएर खाद्यान किराना पसल तथा गैर खाद्यान्न पसल विहान १० बजे देखि बेलुका ५ बजे सम्म र बैंकहरु प्रति दिन ११ बजे देखि २ बजे सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । 
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकले औषधि पसल २४ औ घण्टा खुल्ला गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैठकले संक्रमण न्यूनीकरणको मापदंड उपनाउने सर्त सहित लकडाउन खुकुलो गरेको छ । पसलहरुको पालो टोकने सम्वन्धी शुक्रवार निर्णय गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पसल व्यवसाय सञ्चालन गर्दा कोरोना भाइरस कोभीड़ १९ को संक्रमण फैलन नदिने आवशयक सतर्कता अपनाउने जिम्मेवारी सम्वन्धित व्यापारीहरुलाई दिइएको छ । 
बैठकबाट सेवा प्रवाह एवं मालसामान खरीद विक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन उपभोक्ताहरु विच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन जिमेवारी सम्वन्धित सस्था व्यवसायीको हुने सर्त राखिएको छ । व्यवसायी र ग्राहकले अनिवार्य रुपमा मास्क लगाएको हुनु पर्ने ,बैंक ,वित्तीय सस्था तथा पसलमा सेनिटाइजर तथा हाथ धुनें व्यवस्था गर्नु पर्ने व्यवसाय सञ्चालन तथा मा‘ल सामान खरीद गर्न जादा सवारी साधनको गर्न पाइने छैन । 
बैठकबाट व्यवसायीहरुको संलग्नतामा एउटा मापदण्ड कार्यान्वयन तथा अनुगमन टोली बनाई उल्लेखित प्रावधान वाम नेपाल सरकारले निर्धारण गरेको अन्य मापदण्ड कार्यान्वयन गराउन पहल गर्ने र जिल्ला कोभीड़ १९ संकट व्यवस्थापन केंद्र बा जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा उल्लेखित मापदण्डहरुको पालना नभएको पाइएमा त्यस्ता सेवा बन्द गराई संक्रमण येन २०२० अन्तर्गत तथा प्रचलित कानून बमोजिम कÞानूनी कार्यवाही गर्ने चेतावनी समेत दिइएको छ ।