नगरपालिका नम्बर वन बनाउने :प्रमुख प्रशासकीय अधिकृत

2096

गौर,१५ कात्तिक । रौतहट जिल्लाको अन्तर्गत रहेका ईशनाथ नगरपालिका नम्बर वन बनाउने नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा नन्द किशोर गुप्ताले पाएपछि स्थानीयले नगरबाट पाउने सेवा लिन गौर जानुपर्ने बाध्यता हटेको हो । २०७६ बैशाख ३ गते ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा गुप्ताले पाएपछि नगरबाट हुने सबै काम नगरबासीले सहज रुपमा पाउन थालेका हुन् ।


गुप्ता नगरपालिकामा हाजिर भएपछि सबै काम सुन्यबाट सुरु भएको हो । नगर प्रमुख सन्तोष मेहता र गुप्ताको प्रयासबाट नगरपालिकाले बिकासको गती लिन थालेको स्थानीयको भनाइ रहेको छ । नगरमा रहेका स्वास्थ्य ,शिक्षा लगाएतका क्षेत्रमा रहेको बिकृती हटाउने काम सुरु भएपछि कर्मचारीले समेत मन लगाएर काम गर्न थालेको नगरबासीले बताएका छन् । गुप्ता आएपछि ईशनाथ नगरपालिकामा सरकारले तोकेकै समयमा नगरसभा सम्पन्न भएको स्थानीय बासिन्दा किशोरी यादवले बताए ।

नगरपालिकाको कार्यालयमा कर्मचारी नजाने र सदरमुकाम गौरबाटै काम हुने नगरको परिचय बनाएको ईशनाथ नगरपालिकाले जिल्लाका १८ वटा स्थानीय तह मध्य सबैभन्दा पहिला आन्तरिक लेखा परिक्षण गरेर राम्रो काम गरेको स्थानीय बासिन्दा यादवको भनाई रहेको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा नगरपालिकामा गुप्ता आएपछि १९ करोड बेरुजु रकम आधा घटाउने काम भएको नगर प्रमुख मेहताको भनाइ रहेको छ ।
पछिल्लो समय नगरको सबै काम नगरपालिकाको कार्यालयबाट हुन थालेपछि स्थानीयले समेत सहजताको महसुस गरेका छन् । सुन्यमा रहेको नगरपालिकाको राजश्व समेत आफ्नो पहलबाट उठन थालेको प्रमुख प्रशासकिय अधिकृतको गुप्ताको भनाइ रहेको छ ।


आफुहरुले समाजिक सुरक्षा भत्ता समयमै बांडदै आएकोमा अवका दिनमा बैकिङ प्रणाली मार्फत बितरणका लागि सबै वडामा पत्राचार भएको र बैकिङ प्रणाली सुरुभएपछि समाजिक सुरक्षा भत्ता बितरणमा सहजता आउने गुप्ताले बताए । नगरबासीमा चेतना नभएका कारण केही जनप्रतिनिधिको लहैलहैमा लागेर हरेक काममा अडको थाप्ने काम समेत बिस्तारै हटदै गएको नगर प्रमुख मेहताले बताए ।
नगरपालिकाबाट हुने विकास निर्माणको काममा रोकावट श्रृजना गरेर अबैध असुली गर्ने कार्यमा सक्रिय रहेकाहरुलाई तह लगाउदै सबृद्ध नगर बनाउनका लागि आफु सहितका कर्मचारी र जनप्रतिनिधि लागि गरेको गुप्ताको कथन रहेको छ । ईशनाथ नगरपालिकालाई सदरमुकाम गौर सम्म जोडने टिकुलिया घाटको पुल समयमा नबनेको बिषयमा सम्बन्धीत निकायमा पटक पटक आग्रह गर्दा समेत कुनै सुनुवाई नभएको प्रमुख प्रशासकिय अधिकृत गुप्ताले बताए । विकास निर्माणको काममा अहिले नगरपालिकाले चासोका साथ काम गर्न लागि परेको अवको केही बर्षमा नगरका सबै सडक ढलान र पिच हुने गुप्ताको भनाई रहेको छ । केही बर्ष पहिला सम्म विद्यालय नजाने शिक्षक ,स्वास्थ्य संस्थामा समयमा नजाने कर्मचारीलाई कार्वाही प्रक्रिया अगाडी बढाएपछि कर्मचारीहरु समयमा काममा जान थालेको नगरबासीको शिक्षा र स्वास्थ्यमा पहुंच समेत बढदै जान थालेको स्थानीयले बताए ।