क्वारेन्टीनमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण ; नेकपा प्रदेश २ का अध्यक्ष साह

1538

रौतहट, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्वर दुईका अध्यक्ष प्रभु साहले रौतहट निर्वाचन क्षेत्र ३ अन्तर्गत विभिन्न स्थानमा संचालनमा रहेका क्वारेन्टीनमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको प्रकोपबाट विश्वव्यापी अक्रान्त रहेको अवस्थामा नेपालमा कोरोना जस्ता महामारीबाट जोगिन स्वास्थ्यकर्मीहरुलाई चाहिने आवश्यक सामग्रीहरुको चरम अभावमा ज्यान जोखिममा राखेर शंकाष्पदहरुको स्वास्थ्य परिक्षण गरिरहदा अध्यक्ष साहले रौतहट क्षेत्र नम्वर ३ अन्तर्गतका विभिन्न स्थानीय नियकाद्धारा संचालनमा रहेका क्वारेन्टीनमा गएर स्वास्थ्यकर्मीहरुलाई सामग्रीहरु हस्तान्तरण गरेको हो ।

पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिई), एन ९५ मास्क, सर्जिकल मास्क, ग्लोब्स, सेनेटाइजर सहितका सामग्रीहरु वितरण गरिएको छ । रौतहट क्षेत्र नम्वर ३ का संघिय साँसद समेत रहनु भएका साहले फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, गरुडा नगरपालिकाद्धारा संचालित क्वारेन्टीनमा स्वास्थ्यकर्मीलाई पिपिई २ सेट, एन ९५ मास्क ५० थान, सर्जिकल मास्क एक हजार, ग्लोब्स एक हजार थान, सेनेटाइजर ५ लिटर प्रत्येक नगरपालिकालाई उपलब्ध गराइएका छन् ।
मौलापुर नगरपालिकाको प्रमुख एवं साँसद साहकी श्रीमती रिनाकुमार साहले प्रत्येक स्थानमा गएर साँसद साहद्धारा उपलब्ध गराइएको सामग्रीहरु हस्तान्तरण गरिएको बताइएको छ । साँसद साहले “संकटमा सारा हात एक साथ” भने नाराका साथ अभियान सुरु गरेका छौं । विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरस विरुद्धको लडाईमा तपाई हाम्रो एक्युबद्धता र साथको अति आवश्यक रहेको यस विपदको समयमा आ आफनो स्थानबाट गर्न सकिने सहयोग गर्नुपर्ने छ ।
कोरोना संक्रमणलाई रोक्न फिल्डमा खटिएका स्वास्थ्यकर्मीहरु लगायतका सम्पूर्ण नागरिकलाई आवश्यक स्वास्थ सामग्रीको अभावले थप जटिलता सृजना गरेको अवस्थालाई महसुस गर्दै आफूबाट भ्याए सम्मको सामग्रीहरु ल्याएर स्वास्थ्यकर्मीलाई हस्तान्तरण गराएको उनले बताए ।
मौलापुर, कटहरिया, देवाही गोनाही, बौधीमाई लगायतका नगरपालिकामा वितरण हुने स्पष्ट पारे । सामग्रीहरु सहज रुपमा पाउने अवस्था नरहदा सामनहरुको जोहो गरेर वितरण गराउने कार्य भईरहेको हुँदा आम मानिसहरु बन्दाबन्दी लकडाउन पालना गरी कोरोनालाई परास्त गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको रौतहटबासी सहित प्रदेश नम्वर २ का जनताहरु संग नेता साहले अपिल गरे ।