गौरमा प्रभातफेरी, सडक सुरक्षा सचेतनामा जोड

61
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 51;

रौतहट । बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सर्वसाधारणमा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक सप्ताह २०८३ को अवसरमा सदरमुकाम गौरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयोजन तथा स्थानीय प्रशासन, गौर नगरपालिका र विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा निकालिएको प्रभातफेरीमा सडक सुरक्षासम्बन्धी सन्देशसहित नगर परिक्रमा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै सचेतनामूलक कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणका लागि स्थानीय तह सधैं सहयोगी रहने बताउँदै ट्राफिक नियमको पालनाबाट मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने धारणा राखे।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले ट्राफिक सप्ताह २०८३ अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै चालक, यात्रु तथा पैदलयात्री सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए।
सहभागीहरूले “ट्राफिक नियम पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ” भन्ने नारासहित सडक सुरक्षाप्रति जनचेतना फैलाउने उद्देश्यले प्रभातफेरी सम्पन्न गरेका थिए। कार्यक्रमले दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।