धारिलो हतियारको प्रहारले रौतहटमा एक जना गम्भीर घाइते

1424

अमित ठाकुर।रौतहट।भदौ २६ । रौतहट जिल्लामा अज्ञात समुहको धारिलो हतियारको प्रहारले एक जना गम्भीर घाइते भएको हो। राजपुर नगरपालिका वडा नंबर 2 फतुवा महेशपुर टोल का 54 बर्षीय सुरज मुखिया धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन । मुखियाले घरबाट बिहान 5:30 बजेको समयमा धान खेत हेर्न जाँदै गर्दा अपरिचित व्यक्तिले छुरा प्रहार गरि गम्भीर घाइते बनाएका छन । मुखियाको दाहिने हाथ र पेटको दाहिने पट्टी अपरिचित ब्यक्तिले छुरा प्रहार गरि गम्भीर घाइते बनाएको हो। घाइते मुखियाको सदरमुकाम गौर अस्पतालमा समान्य उपचार पश्चात् थप उपचारको लागि बिरगंज लगिएको प्रहरि प्रबक्ता डिएसपी भरत श्रेष्ठले बताए।