रौतहटमा बढ्दै शैक्षिक सुधार

67

रौतहट । शिक्षा विकास तथा समन्वय इकाई रौतहटका कार्यालय प्रमुख उपसचिव नन्दकिशोर गुप्ताको सक्रिय नेतृत्व र समन्वयकारी भूमिकाका कारण जिल्लाको शैक्षिक क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन उल्लेखनीय पहलहरू अघि बढिरहेका छन् ।
कार्यालय प्रमुख गुप्ताले विद्यालयहरूको नियमित अनुगमन, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक तथा कर्मचारीसँगको समन्वय, विद्यार्थीमैत्री वातावरण निर्माण तथा संघीय सरकारका शिक्षा सम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिँदै आएका छन् । उहाँको नेतृत्वमा जिल्लाभरका सामुदायिक विद्यालयहरूमा शैक्षिक सुधारका गतिविधिहरूले गति लिएको सरोकारवालाहरूको भनाइ छ ।
उपसचिव गुप्ताले शिक्षामा पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा शिक्षा क्षेत्रसँग आबद्ध विभिन्न निकायबीच सहकार्यको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईमार्फत सञ्चालन हुने विभिन्न कार्यक्रमहरूलाई समयमै सम्पन्न गर्ने, विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न आवश्यक पहल गर्ने तथा विद्यालयहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउन उहाँले खेलेको भूमिकाको प्रशंसा हुन थालेको छ ।
जिल्लामा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्दै शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन उपसचिव गुप्ताको नेतृत्व आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास शिक्षा क्षेत्रका सरोकारवालाहरूले व्यक्त गरेका छन् ।