अमित ठाकुर।रौतहट।कार्तिक २२। रौतहट जिल्लाको सदरमुकाम गौरमा अान्तरिक राजश्व कार्यालयले सानोतिनो पसलमा ध्यान दिएपछि ठुलो पसलबाट ग्राहकहरुले समान खरिद बिक्री गर्दा प्यान भ्याट बिल न दिई सादा बिल दिई लाखौंको राजश्व चोरी गर्दै गरेको पाईएका छन्। सदरमुकाम गौरको रेडिमेड कपडाको हस्तीको रुपमा रहेको न्यु शिव शक्ति ईम्पोरियमले ग्राहक वर्गलाई नक्कली बिल दिई राजश्व छल्ली रहेको र सम्बन्धित निकायले कानमा तेल हालेर बसेको ग्राहकवर्गले जनाएका छन्।


अान्तरिक राजश्व कार्यालय कर्मचारीहरु सानातिना पसलहरुमा छापा मारी दु:ख दिने र ठुल-ठुला पसलेहरु स-समान बिक्री गरि नक्कली बिल दिई राजश्व छल्दा राजश्व कार्यालयबाट कुनै कार्वाही नहुने केही पसलेबालाले अारोप लगाएका छन्। राजश्व कार्यालयको सानोतिनो गल्तीले गर्दा सदरमुकामको ठुल-ठुला पसलका संचालकहरुको मनोबल झण बढेको देखिएका छन्। न्यु शिव शक्ति ईम्पोरियममा रु १ देखि हजारौंको समान खरिद गर्न गएका ग्राहकहरुलाई बिना प्यान भ्याटको नक्कली बिल दिई ग्राहक सहित राज्यलाई ठगिरहेको देखिएका छन्।सम्बन्धित निकायलाई यस बिषयमा ध्यान नदिदाँ यस्तो राजश्व छलि भई रहेको एक ग्राहकले अारोप लगाएका छन्।