रौतहट । रौतहट जिल्लामा अवैध चोरी पैठारीको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
प्रहरी स्रोतका अनुसार राति ईशनाथ नगरपालिका वडा नं. ६ स्थित बाँस घारीमा लुकाएर राखिएको करीब रु. १ लाख ७ हजार ९ सय बराबरको जुत्ता-चप्पल गस्ती टोलीले फेला पारेको छ।
त्यसैगरी गौर नगरपालिका वडा नं. ८ हनुमान मन्दिर अगाडि भारतबाट भन्सार छली ल्याइएको ७ बोरा युरिया मल, ५० केजी चिनी, ४६ केजी मैदा र एउटा म.प्र.०३००१ह १९२० नम्बरको ई-रिक्सा नियन्त्रणमा लिइएको छ । सामग्रीहरूको अनुमानित मूल्य रु. ३ लाख १० हजार २ सय ४० रहेको छ।
साथै, ई-रिक्सा चालक विधिचन सहनीलाई समेत पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको छ। नियन्त्रणमा लिइएका सामान र सवारी साधनको कुल मूल्य रु. ४ लाख १८ लाख १ सय ४० रहेको छ। उक्त सामग्री र सवारीलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।