आज म निकै थाकेको छु l अलि अलि दुबिधामा पनि छु l म पत्रकारितामा फर्कन खोज्दै छु l यसको अर्थबिगतमा म पत्रकारिताबाट टाढा भएको भन्ने होइन l स्थिर भएको गतिलाई बढाउन खोजेको मात्रै हो lकलमलाई पनि, मनलाई पनि।
तर फर्कने बाटो के हो?
के म पहिलेकै जस्तो बन्न सक्छु?
के आजको पत्रकारिता फेरि पुरानै मूल्यमा अडिएको छ?
समाचारको स्वरुप कस्तो बनाउने? – निष्पक्ष कि निर्देशित?
यी सबै प्रश्नहरू घुमिरहेछन्, कागजजस्तै फन्को मार्दै, मेरो मस्तिष्कको आकासमा।
सोच्दा सोच्दै म कहिले निदाएछु।
सायद त्यो सपना थियो, वा यथार्थको छायाँ…?
सायद सपनामा होला, नगरपालिकामा मेयर साहेबको सवारी भएको छ l म संगै दर्जन भर पत्रकारहरुको टिम समाचार बनाउन पुगेका छौ l म हतार हतार मेयर साब भएको ठाउमा पुग्छु l मेरो लागि समाचार लेख्नु भन्दा मेयर साबको निगाहमा हुनु जरुरि छ l नजरना लिन निगाहमा बस्ने परो नि l
म लाई थाहा छ, मैले लेखेको, मैले बोलेको कसैले बिस्वास गर्ने छैन, किन भने म समाचार लेख्ने नै होइन, म त केवल महिमा मण्डली लेख्छु l प्रभुलाई खुसि पार्न स्वामी भक्ति l किन कि म पत्रकार हो l मेयर साब उठ्नु भो, मेयर साब सुत्नु भो, मेयर साहेबको बिसेस पहलमा आज सुर्योदय भएको छ , मेयर साबको पहलमा सुर्यास्त भएको छ l यस्तो लेख्दा म पनि खुसि अनि मेरो साब पनि l यार कमसे कम मेरो साबलाई त मैले झुठो महिमा मण्डली गरेको थाहा हुनु पारो नि l मैले लेखेको त्यो समाचार होइन, झुटको श्रृङ्गार हो।
खै साहेब पनि आत्मरतिमा l
म लाई के छ ?
आखिर सधैंका लागि खवर नचल्ने त हो, चल्ने त साहेबको कृपा।
मलाई थाहा छ म लाई समाचार लेख्नुनै छैन , म समाचार लेख्दिनँ।
म त केवल भजन लेख्छु,
मेयर भजन।
सत्ता भजन।
आज्ञा भजन।
म मेरो पाठकलाई होइन,
मेरो स्वामीलाई खुसी पार्न लेख्छु।
किनभने म पत्रकार हो!
म पत्रकारीताको पात्र होइन, केवल संवादवाचक हो।
अरूले निर्देशित गरेको, अरुले उर्दी गरेको
मैले लेख्ने त कसैले दिएको स्क्रिप्ट हो l
मेरो निद्रा भंग हुन्छ अनि सोच्छु l
सायद म फेरि पत्रकार बन्नेछु,
म कुनै साहेबको चरणमा झुकेको होइन ,
जनताको पक्षमा झुकेको हुनेछ।