मंगलबार बिहानदेखि एक साताका लागि पूरै देश ‘लकडाउन’ गर्ने निर्णय

1525

देशमा कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । सरकारले चैत ११ गते बिहान ६ गतेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरेको हो । सरकारले मंगलबार बिहानदेखि एक साताका लागि घरबाट बाहिर निस्कन नपाइने निर्णय गर्दैैे एक सातासम्म सवारी साधन समेत चलाउन नपाउने निर्णय पनि गरेको छ ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको भएतापनि खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने साधन चल्ने छन् । तर, खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने साधन बाहेक अरु सवारी साधन चलाउने नपाइने सरकारले जनाएको छ । देशैभर विभिन्न स्थानीय निकायले लकडाउन घोषडाा गर्ने क्रम बढ्दै गएपनि तथा आजमात्रै फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटिएको आधिकारिक जानकारी पनि सरका गम्भीर बनेको हो ।
सरकारले यसअघि आइतबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ भने सोमबारदेखि लामो दुरीका सवारी चलाउन रोक लगाएको छ । साथै, भोलीदेखि आन्तरिक उडान पनि रोकिनेछ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यकीय सेवाका कर्मचारीमात्र हिँडडुल गर्न पाउने सरकारले जनाएको छ ।