आगलगी पिडितलाई थप राहत प्रदान

555

रौतहट २९ बैशाख । दिलीप पाण्डेय ।। रौतहट जिल्लाको माधव नारायाण नगरपालिका वार्ड नं४ मानपुर बिशुनपुर्वामा आगलगी पिडितलाई थप राहत प्रदान गरिएको छ ।
मधेस एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग तथा मधेश प्रदेश सासंद एवंम नेपाली काग्रेसको मधेश प्रदेश सभापति कृष्णा यादबको बिशेष पहलमा र माण्डवी नेपालको आयोजनामा आज एक कार्यक्रम बिच जम्मा १७ वटा पिडितलाई जनहि ११ हजारको दरले थप आर्थिक सहयोग गरिएको छ ।
आगलगीबाट प्रभावितहरुलाई आर्थिक सहयोग कार्यक्रममा स्थानीय प्रदेश सदस्य श्री यादबले सकेसम्मको सहयोग गर्ने प्रतिबध्ता दिदै सहयोग गरिएको रकमलाई सदुपयोग गर्ने सबै पिडितसंग आग्रह गनु भयो ।
माण्डवी नेपाल रौतहटले सबै पिडितलाई घर बनाउनका लागि आफनै संस्थाबाट प्राबिधिक वहाल गरि प्रति पिडितलाई ५ लाख ५० हजार दरले सहयोग गरि घर बनाउनमा पिडितलाई तीन पटकमा भुक्तानी गर्ने संस्थाका अध्यक्ष अंन्जु झा बताइएकी छिन ।
माधव नारायाण नगरपालिकाका नगर प्रमुख बैधनाथ प्रसाद यादबको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा अध्यक्ष श्री यादबले आफनो जनताको लागि २४ घण्टै तयार रहेको बताएका छन ।
आगलगी भएको दिन प्राय जसो पिडितको न बस्ने घर न लगाउने लुगा न खाने अन बचेको हेर्दा नगर भरिका जनता नै मरमाहित भएका थिए ।
सोहि दिन बाहिरबाट आइ खाने बस्ने लुगा कपडा आवश्यक समाग्रीहरुको तत्कालै करीब ३० हजार मूल्य बराबरको व्यवस्था मिलाएको थियो ।
त्यसपछि म र हाम्रो नेता प्रदेश सांसद कृष्णा यादब संग आग्रह गरि यी घरहरु निर्माणमा अगाडी बढेका हुन । यसमा माण्डवी नेपालका अध्यक्ष अन्जु झालाई बिशेष धन्यवाद दिदै स्थानीय जनतालाई आगोबाट संचेत रहन पनि आग्रह गर्नुभयो ।