जवरजस्ती करणी मुद्दामा पक्राउ परेका सुदुरपश्चिमका प्रदेशसभा सांसद पाँच लाख धरौटीमा छुटे

1066

खगेन्द्र हमाल जवरजस्ती करणीको मुद्दामा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सभा सांसद अक्कलबहादुर रावल पाँच लाख धरौटीमा छुटेका छन्।सोमबार जिल्ला अदालत कैलालीका एक नम्बर न्यायाधीश जयराज पनेरूको इजलासले सांसद रावललाई पाँचलाख धरौटीमा छुट्न आदेश दिएको थियो। आदेश अनुसार उनी पाँच लाख बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय, कैलालाका डिएसपी दक्ष बस्नेतले जानकारी दिए। आज पाँच लाख धरौटी बुझाएर छुट्नुभयो,’ बस्नेतले भने। बलात्कारको आरोप लागेको थाहा पाएपछि उनी आफै प्रहरी कार्यालयमा उपस्थित भएका थिए। फागुन १४ गते एक महिलाले उनीविरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी थिइन्।