शिवनगर मन्दिर स्थित श्रद्धालु लागि स्नान घर र शौचालय निर्माणका लागि सिलान्यास

450

रौतहट ।। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले शिवनगर महादेव मन्दिर स्थित दर्शनार्थीहरुको लागि स्नान घर र शौचालय निर्माणका लागि सिलान्यास गरेका छन्।

विभिन्न बाधा अवरोधलाई चिर्दै नगर प्रमुख जयसवालले शिवनगर महादेव मन्दिरलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यका साथ स्नान घर र शौचालयको सिलान्यास गरेका हुन्।

मन्दिर अगाडि रहेको नदी किनारमा स्नान घर निर्माण भएपछि दर्शनार्थीहरूलाई स्नान पछि कपडा फेरबदल गर्न सहज हुने छ।

पछिल्लो केही महिना यता नगर प्रमुख कन्थमनी जयसवालले नगरपालिकामा विकाशको गतिलाई तीब्र बनाएको छ । मेयर जयसवाल भन्छन् मलाई मेरो कार्यकाल सम्म बिना कुनै बाधा अवरोध नगरी काम गर्न दिनुस, गरुडा नगरपालिकाको मुहार पुर्ण रुपले परिवर्तन भएको महसुस गराउनेछु यो मेरो प्रतिबद्धता हो ।