राष्ट्रिय धान दिवस मनाइँदै

1445

रौतहट १५ असार  । आज असार १५, प्रत्येक वर्ष आज धान दिवस रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ ।

वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।