काठमाडौं मंसिर २६ // देशभर २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट १२ जनाको सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ६ हजार ७७८ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ८९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, थप १ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९ हजार ५८० जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।