गौरमा पहिलो मेयर कप गल्स च्याम्पियनको बिजेता आइबिए विधालय

2658

रौतहट । पहिलो पटक सदरमुकाम गौरमा भएको पहिलो मेयर कप गल्स च्याम्पियनको बिजेता आइबिए विधालय भएको छ ।
मेयर कप गल्स च्याम्पियन सीप २०७६ को शनिबार भएको फाइनल खेलमामा गौर वडा नं. ५ स्थित आइबिए बिधालयले सत्यशिसु निकेतन बोर्डिङलाइ हराउँदै पहिलो संसकरणको बिजेता बनेको छ ।

शनिबार भएको फाइनल खेलमा आइबिएले ट्स जीत फिल्डिङ गर्ने निर्णय गरेको थियोे भने सत्यशिसु निकेतनले १० ओभरको पारी खेली ४८ बनाएको थियोे भने ब्याटिङमा उत्रेको आइबिए बिधालयले ८ ओभर खेल्दै लक्ष्य पुरा गरेको थियो ।

हजारौं दर्शक बीच सो खेलमा सबै दर्शकले दुबै टिमले उत्रकृस्ट खेल खेलेको प्रतिक्रिया दिएको थियो । शनिबार भएको फाइनल खेलमा आइबिएकी दिपा साह भएकि थिन भने प्लेयर अफद सिरिज सत्यशिसुकि मोनिका साह भएकि थिइन भने बेस्ट बौलर आइबिएकी अनु साह, बेस्ट किपर ज्ञान् ज्योतिकि काजल श्रीवास्तव, बेस्ट ब्याटस्मैन सत्यशिसुकी मोनिका साह भएकी थिइन् ।

खेल पछीको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर अजय कुमार गुप्ताले यो जित नगरपालिकाको भएको र पहिलो मेयर कप गल्सले उत्रकृस्ट प्रतिभावान छोरी खेलाडीहरु पाएकोमा गर्भ महसुस गर्दै मेयर कपले प्रत्येक वर्ष स्थान पाउने प्रतिवधता व्यक्त गरेका थिए । बिजेता र उपबिजेता दुबै टिमलाइ प्रमाण पत्र र कप प्रदान गरिएको थियो ।

सो पुरस्कार वितरण कार्यक्रममा विभिन्न क्रिकेट सहयोगिहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियोे । सो समारोहमा क्रिकेट संघले क्रिकेटमा सहयोग पुर्याए वापद लगायत विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियोे ।

गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट प्यबसनको आयोजनामा भएको सो मेयर कप गल्स च्याम्पियन सिपमा सहभागी सबैलाइ प्यबसनका प्रदेश सदस्य राजेन्द्र यादवले धन्यवाद व्यक्त गरेका थिए ।