रौतहटको ईशनाथ नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन

996

रौतहट ।। बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहटको ईशनाथ नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो । ईशनाथ नगरपालिकाले वडा नं ३ मा रहेको श्री जनता मा.बि स्कुल औरैया ३० शैयाको क्वारेन्टाईन संचालन गरेको हो । कोरोना भाइरसको संक्रमणबाट बेला मा बच्नका लागि क्वारेनटाइन निर्माण गरेको नगर प्रमुख संतोष कुमार मेहताले बताउनु भएको छ ।

शुरु गरिएको क्वारेन्टाईन निर्माणको काम पुरा भइसकेको र आजै बेलुकीदेखी क्वारेन्टाईन सञ्चालन पनि हुने मेयर मेहताले बताउनुभयो । क्वारेन्टाईनको काम पुरा भइसकेको र अहिले मेसको व्यवस्थापन गर्ने काम भईरहेको छ ।

मेसको व्यवस्थापन भएपछि आजैदेखी क्वारेन्टाईन सञ्चालन हुने मेयर मेहताले जानकारी दिनुभयो । भारतबाट आएको एक जनालाई क्वारेन्टाईन कक्षमा राखिएको बताएका छन । क्वारेन्टाईन कक्षमा सीएमए, एचए, अहेव देखी लिएर तहसम्मका डाक्टरहरुले २४ औं घण्टा सेवा दिने मेयर मेहताले बताउनुभयो ।