परोहा नगरपालिकामा माण्डवीको नयाँ परियोजना

1548

रौतहट । फाल्गुन २२ । गैरसरकारी संस्था माण्डवीले रौतहटको परोहा नगरपालिकामा नयाँ परियोजना सुरु गरेको छ । विगत देखि नै रौतहट सहितका जिल्लाहरमा विभिन्न परियोजना संचालन गरेर स्थानियवासीको मन जित्न सफल माण्डवीले रौतहटको परोहा नगरपालिकाको वडा नम्बर ९ रामपुरखापमा सार्वजनिक संस्था सामुदाय तथा परिवारमा खानेपानी सरसफाई तथा स्वास्थ्य संस्थाहरुको विकास परियोजना सुरु गरेको हो परियोजना संयोजक बालकृष्ण झाले बताउनु भयो ।
पेनी एपिलको सहयोगमा संचालन हुन गई रहेको परियोजनाको उद्धेश्यको वारेमा प्रकाश पार्दै माण्डवीका कार्यकारी निर्देशक अंजु झाले विपन्न र सिमान्तकृत समुदायका लागि सुरक्षित र गुणस्तरीय खानेपानी,विद्यालय,स्वास्थय चौकीमा सुरक्षित र गुणस्तरीय खानेपानी,सरसफाई सम्बन्धि सेवा एवम् सचेतना पु¥याउनु , समुदाय स्तरीय खानेपानीको सुविधा,विपन्न परिवारलाई शौचालय स्थापना गराउनु,विद्यालय, ,स्वास्थय चौकीमा शौचालय,खानेपानी र सरसफाईको सेवा सुविधा पु¥याउनु रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेख इनुस परियोजना ल्याएकोमा संस्थालाई धन्यवाद दिदै सबै जना मिलेर सहयोग गरी परियोजना सफल गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
पेनी एपिलको सहयोगमा संचालन हुन गई रहेको परियोजनाको प्रच्यात्मक कार्यक्रम परोहा नगरपालिकाको हलमा सम्पन्न भएको थियो ।