रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुर स्थित एक घरमा सशसत्र प्रहरीले करिव १६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण बाट सशस्त्र प्रहरी नायव उपरिक्षकको कमाण्ड र इलाका प्रहरी कार्यालय चन्द्रपुको खटिएका संयुक्त टोलीले बुधवार दिउसो चन्द्रपुर नगरपालिका वडा नम्वर १० बालचनपुर स्थित गौतम साहको घरमा भाडा लिएर बसेका गौर नपा ६ सबगढा कविलासी साहको कोठामा छापा मारेर प्याकिंग गरिएका १५ किलो ९६० ग्राम लागुऔषध गाँजा बरामद गरिएको हो ।
कविलासी साह आफै रोजगारीको शिलशिलामा भारतको पञ्जावमा रहेको उनको श्रीमती ललिता साह बस्दै आएको कोठाबाट उक्त परिमाणको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
उक्त घरमा संयुक्त टोली पुग्नासाथ ललिता साह फरार भएको तथा बरामद गरिएका लागु औषध गाँजा इलाका प्रहरी कार्यालय चन्द्रपुरमा राखिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले भने ।