जनमतको राजदवी ९ मा दोस्रो वडा अधिवेशन सम्पन्न

533

रौतहट । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको शुक्रवार राजदेवी नगरपालिका वडा नं ९ ब्रहमपुरी स्थित काली मन्दिरको प्राङ्गणमा पालिका पर्यवेक्षक देवेन्द्र यादवको अध्यक्षतामा एवं जनमत पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य तथा रौतहट क्षेत्र नं १ क प्रदेश सभा सदस्य तथा बिधायक प्रत्याशी ललित मल्लिक शानुको प्रमुख आतिथिमा र केन्द्रीय सदस्य बिकास कुमार यादवको विशेष अतिथिमा दोस्रो वडा अधिवेशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । उक्त अधिवेशन बाट ११ सदस्य वडा समिति गठन गरिएको थियो । सो समितिको अध्यक्षमा सुरेन्द्र ठाकुर,उपाध्यक्षमा गोपाल महतो, महिला उपाध्यक्ष सुनैना देवी, सचिवमा बिनोद कुमार वर्मा, सहसचिवमा अशोक महतो, कोषाध्यक्षमा भरत सिंह सदस्यहरुमा खिरिया देवि, रामपति देवी, बिनोद झा, ललन गोसाई, भोला दास चयन गरिएका थियो । कार्यक्रममा जनमत पार्टीका नेता बिनय कुमार वर्मा, शेख जमैसद, रामलाल यादव,शिवशंरण यादव, प्रभु यादव,धर्मेन्द्र महतो,प्रेमचन्द्र सिंह लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।