रौतहट मंसिर १३ । रौतहटको पश्चिमी भेगमा पर्ने इशनाथ नगरपालिकामा पछिल्लो समय विकास निर्माणको कार्यले गति लिएको छ । दक्ष र अनूभवि निमित प्रम्ख प्रशासािय अधिकृत नन्दकिशोर गुप्ताले कार्यभार सम्हाले संगै विकासमा सो नगरपालिकाले फड्को मारेको हो ।
नगर प्रमुख संतोष मेहता संगै प्रशासकिय अधिकृत गुप्ताले नगर भरिका विद्यालय, स्वास्थ्य चौकीको अनुगमन गर्दै विद्यालयमा छात्रछात्राको लागि निःशूल्क पुस्तक वितरण, पोशाक वितरण, दिवा खाजाको व्यवस्था संगै विद्यालयको भौतिक अवस्था सूधारको लागि पहल गरेपछि नगरको शिक्षा क्षेत्रमा गति लिएको छ ।
त्यसै गरी स्वास्थ्य क्षेत्रमा पनि सुधार होस् भन्ने उदेश्यका साथ नियमित स्वास्थ्य चौकी अनूगमन, औषधी अभावको पूर्ति, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा कडाइ गरे संगै नगरको स्वास्थ्य क्षेत्र विकासले फड्को मारेको छ ।
निकै दयालु स्वभावका मेयर मेहता र सहयोगी मनका धनी अधिकृत गुप्ताले विभिन्न प्राकृतिक प्रकोप तथा चाडपर्वको बेला वखतमा गरिब अशाहाय र पिडितको आसू पुश्ने कार्यक्रममा बढावा दिएपछि स्थानीय वासीले प्रत्यक्ष रुपमा स्थानीय सरकारको अनूभूति गर्न थालेको स्थानीय विगु साहले बताए ।
नगरमा सिंंचाइ, विधुतिकरण सडक संजाल, खानेपानी, यातायात, कुषि लगायतको क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गरी विकास कार्य द्रुत गतिमा अगाडि बढाएकोले इशनाथ नगरपालिका समृद्ध र एक विसित नगरपालिकाको रुपमा स्थापित हुने अधिकृत गुप्ताको भनाइ छ । आफूहरुले ठूलो सोचका साथ यस नगरपालिका उत्कृष्ट नगरपालिका बनाउने प्रण गरेका छौं । यसमा सबैको साथको अपेक्षा छ गुप्ताले थपे ।