३२औं विश्व एड्स दिवस डिसेम्बर १ गौरमा मनायो

2606

रौतहट ।। रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको एचआईभी कार्यक्रम सपन्न भएका छन । कार्यक्रमको आयोजना माया नेपालले गरेर सो ३२औं विश्व एड्स दिवस डिसेम्बर १ गौर कार्यक्रम गरि मनाएका छ्न । छोटो समयमा विश्वमा नै तीव्र रूप लिएको ३२औं विश्व एड्स दिवस डिसेम्बर १ मा ‘एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ मनाइँदै छ। विश्वमा नै जनचेतना र एआरभी औषधिको प्रयोगका कारण एचआईभी संक्रमणमा कमी आएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आइतबार कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो।

‘औषधि सरकारले निःशुल्क दिन्छ समुदायले एचआईभी संक्रमितलाई हेयको दृष्टिले हेर्ने नभई त्यस्ता व्यक्तिलाई स्थापित गर्ने दायित्व समुदायको हो।

एचआईभी संक्रमण पनि उपचार गरे नियन्त्रणमा राख्न सकिने सुगर, प्रेसरजस्तै रोग हो र अकाल मृत्यु टर्छ।’ एचआईभी संक्रमितलाई लाञ्छना र विभेद हटाउन सके मात्र औषधिले काम गर्छ। विश्वले नै एचआईभी संक्रमितका लागि सजिलो र भरपर्दो औषधि पत्ता लगाइसकेको अवस्थामा नेपालीहरूले संकुचित भावनाले बिरामीलाई हेर्न बताएका छन ।

उहाँले एआरभी औषधि खाएकाबाट एचआईभी संक्रमण नहुने र यो औषधिको प्रभावकारित ९१ प्रतिशत रहेको बताउनुभयो।