भ्रामक समाचार प्रति वृन्दावन नगरपालिकाकाे गम्भीर ध्यानाकर्षण

1693

रौतहट, २२ पुस । वर्दीवास निजगढ रेल्वे ट्याक निर्माण कार्यलाई प्रभावित पर्ने षड्यन्त्रको पछि नलाग्न वृन्दावन नगरपालिकाको मेयरले जनसमुदायसंग अग्रह गरेको छ । रेल्वे प्रयोजनको लागि खोलाजन्य बस्तु निकाल्ने कार्यमा बाधा पुर्याउने उद्देश्यबाट केही समाजिक संजालमा भाइरल भईरहेको समाचार प्रति वृन्दाबन्द नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको हो ।
रौतहटको वृन्दावन नगरपालिकाद्धारा नगरपालिकाको कार्यालय विश्राम्पुरमा बुधवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख रामस्नेही यादवले वर्दीबास निजगढ सडक खण्डमा निर्माणाधिन रेल्वेको ट्रयाक निर्माणको लागि भएको सम्झौता अनुसार बागमती नदीबाट खोलाजन्य बस्तुको निकासीलाई प्रभावित पार्ने कुण्ठीत मानसिकताबाट ग्रसित भएर नगरप्रमुखको चरित्र हत्या हुने गरी केही स्थानीय संचारमाध्यम र समाजिक संजालमा भईरहल भईरहेको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको तथा उक्त भ्रामक समाचार प्रति खेद प्रकट गरे ।
नगरपालिका अन्तर्गत वागमती नदीको मटियार घाँटबाट वालुवा गिटी निकासी सम्बन्धि रौताहा हिमढुंगा–ठोकर कनकाई जेभीलाई गैरकानुनी रुपमा ठेक्का दिएर नगरलाई आर्थिक हानीनोक्सानी पुर्याएको नगरप्रमुख यादवलाई हदै सम्म कारवाही हुनुपर्ने जस्ता भ्रामक स्थानीय समाचारमाध्यम र समाजिक संजालमा आएको प्रति गम्भीर भएको मेयर यादवले पत्रकार सम्मेलनमा भने । समाजिक संजाल वा स्थानीय केही मिडियामा प्रकाशित समाचारको औचित्व नभएको हुँदा भ्रामक प्रचारवाजीको पछि नलाग्न समेत उनले अपिल गरे ।
गत असोज १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको चलानी नम्वर ३५७ को पत्रको अधारमा वृन्दावन नगरपालिकाको बोर्डको असोज २५ गते बसेको बैठकको निर्णय ६ अनुसार तथा नदीजन्य खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको कार्तिक ४ गतेको निर्णय नम्वर २ अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन विक्री तथा मापदण्ड २०७७ को दफा १२ को उपदफा १ र २ बमोजिम प्राथमिकता प्राप्त आयोजना पूर्व पश्चिम रेल निर्माणको हकमा शुल्क लिएर ५० हजार घनमिटर निकासी दिने निर्णय भएको नगरप्रमुख पत्रकार सम्मेलनमा जानकारी दिए ।

एक पक्षिय रुपमा समाचार प्रकाशित गरी समाचारको मर्म र भावना विपरित कार्य गर्ने त्यस्ता समाचार गृह र समाजिक संजालमा भाइरल गराउने विरुद्ध वृन्दावन नगरपालिकाले यसै पत्रकार सम्मेलनको माध्यमबाट कानुनी बाटो अख्तियार गर्ने जानकारी दिदै उनले वृन्दावन नगरपालिकामा भईरहेको गतिविधिलाई जनता समक्ष ल्याउने अधिकार संचारकर्मीको छ तर दुई तर्फी वा सत्यमा आधारित समाचार आएमा यदी हामीबाट गल्ति हुन्छ कारवाही खान तयार रहेको प्रष्टयाउदै मेयर यादवले पत्रकार समाजको आइना भएको हुँदा सत्य तथ्य समाचारको माध्यमबाट समाजलाई सुसुचित गराउन समेत उनले संचारकर्मीहरु संग आग्रह गरे । सो पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, वडा अध्यक्ष, बोर्ड सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।