11

रौतहट । यहि चैत्र १४ गते बिहान करिब ९:३० बजे चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बनबहुअरी टोलबाट लागू औषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा बसोबास गर्ने ५० वर्षीय सुरेन्द्र साहलाई निजकै घर अगाडि सडकमा फेला पारेर नियन्त्रणमा लिएको हो।

साहको घर खानतलासी गर्दा निज सुत्ने कोठामा रहेको खाटमुनी ‘बाबा पोता’ लेखिएको झोलाभित्र साना–साना पुरियामा प्याक गरिएको लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा प्लास्टिक बाहेकको तौलमा ४ किलो १०० ग्राम रहेको छ।

पक्राउ परेका साहलाई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न रौतहट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।