पूर्व प्रधानमन्त्री सिंहको निधन

20
एजेन्सी । भारतको पूर्व प्रधानमन्त्री एवं भारतीय काँग्रेसका वरिष्ठ नेता डा. मनमोहन सिंहको ९२ बर्षको उमेरमा गएराति भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा अन्तिम सास लिएर यो संसारलाई सधैंको लागि छाडे । एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो शोकका साथ, हामी भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं ।
उनको उमेर सँग विभिन्न रोगका कारण स्वास्थ्य अवस्थाका लागि उपचार भइरहेको थियो र डिसेम्बर २६ मा घरमै अचानक बेहोस भएपछि उनलाई एम्सको सघन कक्षमा भर्ना गरिएको थियो । विहिवार बेलुका ८ः०६ बजे नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएको थियो । सबै प्रयासका बाबजुद पनि उहाँलाई जीवित राख्न सकिएन र राति ९ः५१ मा मृत घोषित गरिएको जारी मेडिकल बुलेटिनमा भनिएको छ । मनमोहन सिंह, एक कुशल अर्थशास्त्री एवं सज्जन राजनीतिज्ञ
डा सिंह राजस्थानको प्रतिनिधित्व गर्दै राज्यसभा सदस्यका रूपमा यसै वर्षको फेब्रुअरीमा अवकाश लिएका थिए । यसअघि उनले सन् १९९१ देखि ६ पटक माथिल्लो सदनमा असमको प्रतिनिधित्व गरेका थिए ।
राज्यसभामा उनको अन्तिम दिनमा प्रशंसा गर्दै, प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई “प्रेरणादायी उदाहरण” भनेका थिए ।
“मनमोहन सिंहले लामो समय सम्म देशलाई मार्ग निर्देशन गरे … जब हाम्रो लोकतन्त्रमा उनको योग्यदान सधै उल्लेख रहिरहनेछ, उहाँ ती थोरै सम्मानित सदस्यहरूमध्ये एक हुनु हुनेछ जसको योगदान सधैं सम्झिनेछ,” प्रधानमन्त्री मोदीले भनेका थिए ।