ट्राफिक प्रहरी विरुद्ध टेम्पु संघकाे भुख हड़ताल

1748

राैतहट ।। गौर ऑटो टेम्पो ई रिक्सा यातायात प्राइवेट लिमिटेडका अध्यक्ष सुरेन्द्र साहले ट्राफिक प्रहरीले गौर चन्द्रनिगाहपुर वीरेन्द्र राजमार्गमा चल्ने नेपाली नम्बरका सानो सवारी साधनलाइ चेकजाचको बहानामा हैरान गर्ने गरेको बताएका छन !

मंगलवार गौर स्थित रिपोर्ट्स क्लव नेपालको सभाहलमा पत्रकार सम्मलेन आयोजना गरेर टेम्पो व्यवसायीहरुले ट्राफिक प्रहरीको कार्यशैली माथि प्रश्न उठाउदै नियतवस हलुका यात्रु बाहक सवारी साधनहरु हैरान गर्ने गरेको आरोप लगाएका हुन !

बैरगनिया देखि गौर हुदै चन्द्रनिगाहपुर सम्म यात्रु लिएर ओहोरदोहर गर्दै आएका ईरिक्सा ,टेम्पो लगायतका सानो सवारी साधनलाइ चेकजाच गर्ने बहानामा पक्राउ गर्ने गरेको बताए ! उहाले बस व्यवसायी संघ सित आर्थिक लाभ लिएर हैरान गर्ने गरेको दावी गरे ! अध्यक्ष साहले सोमवार दर्जनौ चालक र सवारी साधनलाइ नियंत्रणमा लिएकोले तत्काल रिहा गर्न मांग गरे !

गरीवलाइ रोजगारीमा असर पर्ने कार्य प्रहरी को रहेकोले प्रहरी विरुद्ध चर्को आन्दोलन गर्ने चेतावनी दिए ! विगतमा पटक पटक सहमति समझौता भएको बताउँदै अध्यक्ष साहले समझौता विपरीत कार्य गर्दै आएको ठहर गरे ! गरुडामा ट्राफिक प्रहरीले सवारी साधन पक्राउ गारी राखेको बताए !

बाजार देखि बस पार्क सम्म टेम्पो चलाउनु पर्ने वस व्यवसायीहरुको अड़ान रहेको छ ! क्षमता अनुसार यात्रु ओसार पोसार गरिदा पनि प्रहरीले विभेद गरिरहेको जिकिर गरे ! उहाले समस्या समाधान नगरिएमा भोक हड़ताल समेत गर्ने धमकी दिएका छन !