रौतहट १४ माघ // रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल सरकारले निशुल्क उपलब्ध गराएको कोभीड़ १९ विरुद्धको खोपबाट केहि नहुने भएकोले निर्धक रुपमा खोल लगाउनु पर्ने बताउनु भएको छ ।
कोरोना विरुद्धको खोप नेपालको सवै जिल्लामा आज देखि शुभारम्भ भएको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय रौतहटले आयोजना गरेको खोप अभियान उदघाटन समारोहमा सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी यादवले नेपाल सरकारले भारत सरकारबाट अनुदानमा ल्याएका खोप पहिलो चरणमा फ्रंट लाइनमा खटिनेलाइ दिन लागेको बताए ।
निशुल्क रुपमा सरकारले नागरिकको लागि उपलब्ध गराएको खोप प्रति आभार व्यक्त गर्दै खोप लगाउँदा सामान्य असर देखिन सकिने बताए । खोप लगाए पछि ज्वरो आउने , वाक वाक लाग्ने , जोर्नीहरु दुखने जस्ता लक्षण देखा पर्ने भएकोले न डराईकन खोप लगाउन आग्रह गरे ।
कोभीड़ १९ विरुद्धको खोप अभियान सफल पार्नका लागि सवै क्षेत्रबाट सहयोग गर्नु पर्ने अपील समेत गरे ।
उदघाटन कार्यक्रममा गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले भारत सरकारले अनुदानमा उपलब्ध गराएको १ डोज खोप लाभकारी भएको बताए । खोप लगाउँदा अवांछित घटना हुने भ्रममा नपर्न आग्रह समेत गरे ।
पहिलो चरणमा स्वास्थ्यकर्मी , एम्बुलेंसको चालक , कारागार सुरक्षामा खटेका सुरक्षाकर्मी , सफाईकर्मीलाइ दिइएको छ । उदघाटन कार्यक्रममा नेपाल प्रहरीका सिद्धि विक्रम शाह , सशस्त्र प्रहरीका प्रमुख , राष्ट्रिय अनुसन्धानका प्रमुख , नेपाली सेनाका प्रमुख , स्वास्थ्य कार्यलयका प्रमुख लगायतका उपस्थति रहेको थियो ।