परिवार नियोजन सेवा शिविरको उद्घाटन

29
रौतहट / प्रादेशिक अस्पताल गौर, रौतहटमा स्थायी परिवार नियोजन सेवा शिविरको उद्घाटन सम्पन्न भएको छ। प्रमुख अतिथि मो. अनवर हासमीको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो। कार्यक्रमको प्रारम्भ अस्पतालका मेसु डाक्टर मुरारी ठाकुरले बैनर पढेर गरेका थिए । शिविरमा महिलाहरूका लागि मिनिल्याप र पुरुषहरूका लागि भ्यासेक्टोमी सेवा निःशुल्क प्रदान गरिनेछ। कार्यक्रमले सन्तानको रहर पूरा गरेका दम्पतीहरूलाई सुरक्षित र स्थायी परिवार नियोजनका उपायहरू अपनाउन प्रेरित गर्ने उद्देश्य लिएको छ। शिविर २०८१ पौष १२ गते, शुक्रबार बिहान ८:०० बजेबाट प्रारम्भ भएको हो। शिविरमा सहभागी हुन अस्पतालले सबैलाई आह्वान गरेको छ। सो उदघाटन कार्यक्रममा लेखापाल जितेन्द्र यादब,हरेन्द्र गुप्ता र कर्मचारीहरु उपस्थिती रहेको थिए ।