रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौर स्थित बरहवा तालमा महाशिवरात्रिको अवसर पारेर शुक्रवार देखि गंगा आरतीको शुरुवात गरिएको छ । गौर नगरपालिकाको पूर्व नगर प्रमुख स्वर्गीय गौरीशंकर राय यादवको छोरा मोहन प्रसाद यादवले आफ्नो निजी लगानीमा यो ऐतिहासिक कार्यको थालनी गरेका हुन ।
जनकपुर धाम पछि गंगा आरती हुने रौतहट दोस्रो स्थान हासिल गरेका छन । बुवाको जस्तै छोराले रौतहटमा एउटा अविस्मरणीय कार्यको आरम्भ गरेको स्थानीयहरुको भनाइ रहेको छ । प्रत्येक दिन नियमित समय बेलुकी साढ़े छौ बजे गंगा आरती हुने र यसले पर्यटन वर्षमा सहयोगी हुने मोहन यादवले बताए । नेपाल सरकार भ्रमण वर्ष २०२० घोषणा गरेको अवसरमा धार्मिक आस्थाको विकास संरक्षण गर्ने उदेश्यले गंगा आरतीको कार्य अगाडी बढेको यादवले बताए । पहिलो पटक नया कार्यको शुरुवात भएकोले सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । नेपाली कांग्रेस पार्टी सित आवद्ध भए पनि सामाजिक कार्यमा अभिरुचि राख्ने यादवले हिन्दू धर्मको रक्षा ,प्रचार प्रसार हुने बताए ।
गौरको पर्यटकीय स्थलको रुपमा विकास गर्नु पर्ने लक्ष्य लिएर सामाजिक कार्यहरु गर्नु पर्ने धरना राखे । वेलुकीको समयमा हुने आरतीले शान्ति प्रदान गर्ने छन । भारतीय सीमा सित जोडिएर रहेको गौरमा भारतीय पर्यटक पनि गंगा आरतीमा सहभागी हुन सक्ने अनुमान गरिएको छ ।
पूजा अर्चनाले धार्मिक विकास हुने भएकोले गंगा पूजनले मनोकामना पूर्ण हुने विश्वास रहेको छ । भ्रमण वर्षको सफल बनाउनका लागि मठ मंदिर ताल तलैया , ऐतिहासिक स्थल धार्मिक स्थलको संरक्षण प्रवर्धन गर्नु पर्ने आवश्यकता रहेको जोड़ दिदै युवा नेता यादवले राम्रो र स्मरणीय लारी गर्नु पर्ने सुझाव दिए ।
स्थानीय सरकारले धार्मिक सामाजिक सांस्कृतिक ,परंपरा , सामाजिक परम्परा जोगाउनु उनको सुझाव रहेको छ । पहिलो दिन धर्म प्रति आस्था राख्ने भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।