काठमाडौं । भारतको गुजरातको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको छ। दुर्घटनास्थलबाट आकाशमा कालो धुवाँ उडिरहेको देखिएको छ। उद्धार टोली घटनास्थल पुगेको छ। अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान भरेको केही समयपछि यो दुर्घटना भएको बताइएको छ।
विमानमा १२ जना चालक दलका सदस्यहरू (दुई पाइलट सहित) र २३० यात्रुहरू सहित कुल २४२ जना थिए। बिहीबार दिउँसो १:३८ बजे विमान उडेको थियो र दुई मिनेट पछि १:४० बजे दुर्घटनाग्रस्त भएको थियो। अहमदाबाद प्रहरी नियन्त्रण कक्षले यसको पुष्टि गरेको छ। जानकारी अनुसार, यो विमान अहमदाबादबाट लन्डन जाँदै थियो र अहमदाबाद विमानस्थलबाट उडान भरेको केही समयपछि मेघानीनगर नजिकै दुर्घटनाग्रस्त भएको थियो।










