रौतहट २ भदौ ।। रौतहट जिल्लाको बाढी, डुबान र कटानको समस्या निम्त्याउने लाल बकैया नदीको निरीक्षण गरिएको छ। जसपाको प्रभावशाली नेता किरण साह ज्यु, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ज्यु लगायत सुरक्षा प्रमुखहरुको टोलीले लाल बकैया नदीको निरीक्षण गरेका छन् ।
पछिल्लो समयमा लाल बकैया नदीले विभिन्न स्थानमा कटान गरिरहेको क्षेत्रमा कटानस्थलमै पुगेर समस्या बुझ्ने काम जसपा नेता किरन साह सुरक्षा प्रमुखहरुका साथ नदी नियन्त्रण कार्यालय प्रमुखले गरेका छन्।
नेता साह सहित को टोलीले परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकड, इसनाथ को वडा नम्बर १ बनजरहा,राजपुर वडा नम्बर ९ बैरिया,लाल बकैया नदीले स्परलाई क्षति पुर्याएर बाँध कटान गरी ठूलो क्षति पुर्याएको र अहिले पनि अवस्था जोखिमपूर्ण रहेको स्थलगत निरीक्षणको क्रममा देखिएको छ। नदीले कटान गरेर समस्या बढाएको देखिएकोले तत्काल नियन्त्रण गर्न प्राविधिकहरुलाई प्रजिअ यादवले निर्देशन दिएका छन्।
निरीक्षण टोलीमा जसपा नेता किरन साह ज्यु, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव ज्यु, प्रहरी उपरिक्षक रबीराज खड्का, सशस्त्र प्रहरी उपरिक्षक सुर्यबहादुर सेन ओली, वागमती लाल बकैया नदी नियन्त्रण कार्यालयको प्रमुख राजकुमार श्रीवास्तव सहित प्राविधिकहरुको सहभागिता रहेको थियो।