रौतहट // सरकारको विरोधमा नेपाली काँग्रेस रौतहटले सोमवार सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ ।
काँग्रेसका रौतहट अध्यक्ष कृष्ण प्रसाद यादवको नेतृत्वमा राइस मिल्सबाट प्ले कार्ड, झण्डा लिएर निस्किएको विरोध जुलुुश गौर नगरको परिक्रमा गर्दै कम्युनिष्ट सरकारले मुलुकमा पुन ः अधिनायकवाद ल्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन ।
काग्रेसका नेता एवं कार्यकर्ताहरु ओली सरकार विरुद्ध चर्का नाराबाजी गरेको थिए । गौर नगर परिक्रमा पश्चात पुन ः राइस मिल्सको मैदानमा विरोध जुलुश कोण सभामा परिणत भएको थियो ।
कोण सभालाइ सम्बोधन गर्दै सभापती यादवले दुई तिहाईको ओली सरकारबाट जनतालाइ गणतन्त्र संस्थागत, जनताको इच्छा आकांक्षा पुरा हुने विश्वास लिएएको तर जनताको इच्छा आकाक्षा माथि कुठाराघात गर्दै भ्रष्टाचारी, बलात्कारी, अपहरणकारी लगायतका व्यक्तिहरुलाइ संरक्षण दिदै मुलुुकमा पुन ः अधिकानयकबादलाइ प्रसय दिने कार्य मात्रै गरेको बताउनु हुदै त्यस्ता भ्रष्ट एवं अधिनायकवादको नियती भएको सरकारलाइ हटाउनु बाहेक कुनै विकल्प नरहेको स्पष्ट पा्ेका छन ।
विरोध सभालाइ सम्बोधन गर्दै रौतहट क्षेत्र नम्वर ४ का संघिय सासद एवं नेपाली काग्रेसका नेता देव प्रसाद तिमल्सिनाले कोभिडको नाममा अरबौ रुपिया भ्रष्टाचार गरेको आरोप लगाए ।
वेरोजगारीको बोझबाट आक्रान्त रहेका जनता सरकारबाट मुक्ति चाहिरहेको नेपाली काग्रेस जनताको पक्षमा उभिएको र जनविरोधी निकम्मा सरकारको बिरोधमा रहेको बताएका छन ।
हजारौको संख्यामा सडक आन्दोलनमा उत्रेका काग्रेस कार्यकर्ताहरुले सरकार बिरुद्ध नारा लगाउदै बिरोध कार्यक्रममा सहभागी भएको प्रचार प्रसार समितीका सह संयोजक नितेश कुमार गुप्ताले जनाएका छन ।
रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका परिक्रमा गरि नेकपा सरकार मुर्दावाद,केपी ओलि तेरो पराले दुख पायो सारा,नेपाली क्राङ्ग्रेस जिन्दावाद ,नेकपा मुर्दावाद आदी नारा सहित प्रदर्शन गरिएको छ ।
कार्यक्रममामा पुर्व साँसद सुनिल यादव, महासमिति सदस्य श्यामचन्द्र झा, सन्तलाल साह, कोषाध्यक्ष रामअश्रेय साह, वरिष्ठ नेता एवं विधायक प्रत्यासी रामचन्द्र गिरि, नागेन्द्र साह, युवा नेता लालबाबु प्रसाद जयसवाल,मेयर श्यामप्रसाद यादव ,मेयर सकिल ,मेयर शेख वकिल,गापा अध्यक्ष अरुण साह,मेयर धिरेन्द्र सिंह,नेताहरु सपुत कार्की, सरस्वती गिरी, विन्दा साहनी, दिनेश केसरी, लगाएत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।