नारायणीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको

266

काठमाडौँ – चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई दिएको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ ।