बौधिमाई नगरपालिकाको चौथो नगर सभा सम्पन्न

1564

रौतहट ,३० मंसिर । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको चौथो नगर सभा अधिवेशन आज मङ्गलबारका दिन भव्य एवं सभ्य सहित सम्पन्न भएको छ।
रौतहटमा १८ पालिका मध्ये २ पालिका नगरसभा हुन सकेको थिएन ।बौधिमाई र राजदेवी नगरपालिका मध्ये बौधिमाई नगरपालिकाले चौथो नगर सभा सम्पन्न गरेको छ।
मेयर राजिव रन्जन उर्फ राजु यादवले नगरको आर्थिक वर्ष २०७७/०७८ को कुल आय र व्ययमा विनियोजन गरिएको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

निति तथा कार्यक्रम कार्यव्यनको लागि आ.व.२०७७/०७८को कुल व्यय रु ५१ करोड १८ लाख ४३ हजार ८ सय ८० विनियोजन गरिएको छ। यसको आन्तरिक आयबाट रु २८८ लाख (मालपोत ,घरबहाल कर,सिफारिस दस्तुर ,नविकरण दस्तुर लगायत अन्य शिर्षकहरु) ,अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १० करोड ८१ लाख ८५ हजार,केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने राजस्व बाडफाड बापत ७ करोड ८२ लाख ८८ हजार ८ सय ८० ,केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने वित्तीय हस्तान्तरणबाट ११ करो!७१ लाख ५५ हजार , केन्द्र तथा प्रदेश सरकारबाट प्रदान गरिने स:शर्त अनुदानबाट १२ करोड ८९ लाख ,प्रदेश सरकारबाट प्राप्त हुने समपुरक तथा विशेष अनुदानबाट ९६ लाख र सडक वोर्ड को २५ लाख ,सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत १२ करोड स्थानीय पूर्वाधार विकास साझेदारीमा कार्यक्रम अन्तर्गत २ करोड ५० लाख ,वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १६ लाख रुपैया रहेको मेयर यादवले बताए।

स्वागत मन्तव्य बौधिमाइ नगरपालिकाको उपमेयर प्रेम लाता कुशवाहाले राखेकी थिइन भने वर्डा नम्बर १ देखि ९ सम्मका अध्यक्षहरुले आफ्नो मन्तव्य राखेका थिए।

विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम अशिष राय यादवले बोल्दै भने विश्व व्यापी रोग कोरोना भाइरसको कारण नगर सभा हुन बाट बन्चित रहे पनि आज नगर सभा हुनु नगरवासीको हितकारी भएको उनले बताए।

कार्यक्रममा सम्पुर्ण वर्डा अध्यक्ष ,कार्यपालिका सदस्य ,वर्डा सदस्यहरुले आआफ्नो कुरा राख्नु नगर सभाको मुख्य विषय हो।केही टृटी समयमै सच्चिन पनि सक्छ जो विकास कार्यमा टेवा पुर्याउछ उनले बताए ।

मेयर राजिव रन्जन उर्फ राजु यादवको अध्यक्षतामा नगरसभा भएको थियो।नगरसभामा नगरवासी पत्रकार सहित प्रहरीको भव्यसभ्य सहभागिता रहेको थियो।