५ किलो गाँजासहित दुई जना पक्राउ

35

रौतहट । रौतहट प्रहरीले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका–४ गढवाका राकेश कुमार कुशवाहासुनिल कुमार बैठा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ५ किलो ५५ ग्राम गाँजा जस्तो देखिने पदार्थ, BR 05S 6609 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल तथा POCO कम्पनीको एक थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले लागू औषध नियन्त्रण तथा ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउँदै कानुनी कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

अघिल्लो सामग्रीAdvertisement
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।