रौतहट // गर्मी बढैसंग रौतहटको आम जिवनमा ठुलो असर परेको छ । लगातार बढेको तातो हावा र उच्च तापक्रमले रौतहटको जनजिवनलाई गाह्रो बनाएको छ ।
एकातिर पानी नपर्नाले किसानले लगाएको धान बाली नष्ट हुने देखिन्छ भने अर्को तिर जमिनबाट आउने बोरिङ्ग सुकेको र प्रसस्त पानी नपरेकाले धान रोपेको जमिन चिरीदै र फाट्दै गएको छ । एक्कासि गर्मी बढेपछि रौतहट सदरमुकाम गौर सुनसान देखिन्छ । गर्मी बढे लगतै जिल्लामा सर्पको टोकाईबाट शनिबार एकै दिनमा ११ जना गौर पा्रदर्शिक अस्पतालमा भर्ना भएको इमरजेन्सी प्रमुख बताउ छन । गरुडा नगरपालिका वार्ड न.१ का ७ वर्षिय शेख अफरानलाई बिहान झिसमिसेमा गोमन सर्पले टोकेपछि घरपरिवारले तुरुन्तै गौर प्रादेशिक अस्पतालमा भर्ना गराएका थिए । उपचारपछि समान्य भएको कुरा अस्पतालसोत बताउछ । उच्च तापक्रमको बृद्घिसंगै गौर अस्पतालमा बिरामीको संख्यामा पनि बृद्घि भएको देखिन्छ ।