पैगम्बर-हुजुर सलल्लाहु अलैहि वसल्लमको १४९५औं जन्मोत्सवको हार्दिक सुभकामना एवम् मुबारकवाद मो.मजिबुल्लाह

1400

मो.मजिबुलाह कात्तिक १३_अरब महाद्विपमा अल्लाह तआलाका अन्तिम सन्देष्टा हजरत मुहम्मद सलल्लाहु अलैहि वसल्लमको आगमन भन्दा पहिले अकाईद्को खराबी त थियो नै त्यो माथी अझ धेरै बिकृतीहरुले पनि जन्म लि सकेको थियो सति प्रथा, जुवा, जाड रक्सीको सेवन, नव-शिशु छोरीलाई जीउँदै खाडलमा पुरिदिने, अरु प्रति अपहेलनाको व्यहवार आदि-ईत्यादी सबै कार्यहरु जुन इस्लामको शरियत बमोजिन अमान्य थिए ति सबै कार्यहरु खुल्लम खुल्ला भइरहेको थियो ।
आखिर मानव इतिहासको त्यो सबभन्दा प्रकाशमय र पवित्र दिन आयो जब मानवताका लागि उपकार बनेर हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैहि वसल्लमको जन्म मक्का शहरमा भयो ।
उहाँको जन्म २० अप्रिल सन् ५५१ सोमवार र अरबी पात्र अनुसार १२ रविउल औवलमा भयो । उहाँको यस धर्तीमा भएको आगमनले अन्धकार र बिपत्तिहरुले घेरिएको विश्वमा सत्य-प्रकाश दिप्तमान भयो ।

उहाँ आफ्नो समुदायमा शुरुदेखी नै अधिक सज्जन, सदाचारी, सत्यप्रेमी प्रकृतिको हुनुहुन्थ्यो ।
त्यसैले उहाँलाई समुदायका मनिसहरु `अमिन´ अर्थात नासोको हिफाजत गर्ने ब्यक्तिको रुपमा पुकार्ने गर्दथे ।
उहाँ राम्रो काममा अरुको सहायता गर्नु हुन्थ्यो समाजमा हुने झैझगडा, असन्तुष्टि , सति-प्रथा, नवजात शिशुलाई जिउँदै मृत्युको मुखमा पुराउने जस्ता जटिल गलत गतिविधिहरुको अन्त्य गर्नु भएको थियो ।
यस सम्बन्धमा तत्कालीन एउटा घटना भन्नु सान्दर्भिक नै होला मक्का स्थित काबाको नव निर्माण भईरहेको थियो।
निर्माण कार्यमा हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैहि वसल्लम पनि जुट्नु भएको थियो यतिकैमा काबाको पर्खालमा कालो पत्थर अर्थात हज्रे अस्वद राख्नु पर्ने समय आयो।यस सम्बन्धमा समुदायमा ठुलो मतभेद र विवाद उत्पन्न हुन गयो ।प्रत्येक समुदाय आफुले नै उक्त पत्थर उठाएर पर्खालमा पाउनु पर्ने कुराको दाबी गर्दथ्यो ।
विवाद बढ्दै गएर यतिसम्म पुग्यो कि एक अर्का विरुद्ध तलबार निस्कन थाल्यो ।
यस विवादलाई उपयुुक्त ढंगबाट समाधान गर्ने श्रेय हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैहि वसल्लमलाई नै जान्छ।
उहाँ नितिवान,सभ्यता र संस्कृतिका सुधारक, महान कानुन वादी,उच्च श्रेणीका न्यायाधीश बनेर प्रकट हुनुभयो।
उहाँले अरबका ति अशिक्षित मरुस्थल बासिहरुलाई यस अघि कसैले न भनेका र पछी कसैले भन्न न सक्ने दार्शनिक र बुद्धिमताको कुराहरू भन्न थाल्नुभयो ।
त्यती मात्र हैन उहाँले सामजिक,आर्थिक र अन्तरास्ट्रिय विषयमा कानुन बनाउन थाल्नु भयो,अल्पभाषी शान्तिप्रिय उहाँले जिवनमा कुनै दिन समाजमा शान्तिभङ्ग पार्ने कार्यको सृजना गर्नु भएन। यो सम्पुर्ण कुरा कुनै साधरण ब्यक्तिमा सम्भव छैन।
अल्लाहले मानव जातिका मार्गदर्शक र उत्कृष्ट नमुनाको रुपमा नबि ए करिम सलल्लाहु अलैहि वसल्लमलाई छ्नोट गरेका र आखिरतसम्मको लागी आफ्नो रसुल(सन्देशक) बनाऐकाले नै उहाँमा यस्ता अत्यन्त प्रतिभासाली गुण र विशेषताहरु भएका हुन् ।