पूर्व मन्त्री झा बिरुद्ध खनिए सांसद रेखा झा

4738

रौतहट । पूर्व मन्त्री तथा रौतहट निर्वाचन क्षेत्र १ बाट निर्वाचित संघीय सांसद अनिल कुमार झा ले पदिय मर्यादा विपरीत गलत ढंगबाट दिएको अभिब्यक्ति प्रति संघिय सांसद तथा प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले प्रेस विज्ञप्ति जारी गरेकि छिन् ।

संघिय सांसद तथा प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले प्रेस विज्ञप्ति जारी गर्दै मंगलवार रौतहटको यमुनामाई गाउँपालिकामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सांसद अनिल कुमार झाले सार्वजनिक रुपमा महिला दिदिबहिनीहरुको चरित्र हत्या गरेको र ईज्जत प्रतिष्ठालाई खुल्ला रुपमा मञ्चबाट धावा बोलेकोले यथा शिघ्र आम रुपमा माफि मागनु पर्ने मार्फत बताएकि छिन् ।

जनताको मतबाट जितेको जनता समाजवादी पार्टीका सांसद अनिल कुमार झा आफ्नो दायरा तथा क्षेत्र के हो ? यति पनि नबुझि खुलेआम रुपमा विदेशीयका पुरुसको श्रीमतीको बारेमा तथा नाम दिएको अभिव्यक्ति अक्षम्य र घोर आपती जनक रहेकोले उक्त शब्द प्रति हामी सम्पुर्ण महिला समाज संगठित रुपमा प्रतिकार गर्ने चेतावनी समेत दिन चाहन्छौ भने संघिय सांसद रेखा झाले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

साथै स्थानिय जनप्रतिनिधि प्रति दिएको हलका टिप्पनीले सम्पुर्ण स्थानिय प्रमुख, उपप्रमुख समेतको मान सम्मानमा ठुलो चोट पुर्याएकोले उक्त शब्द यथा शिघ्र फिता लिई आम रुपमा माफि माग्नु पर्ने सुझा समेत प्रेस विज्ञप्ति मार्फत सांसद रेखा कुमारी झाले दिनुभएका छन् ।