रौतहट ११ कार्तिक ।। रौतहटको ईशनाथ नगरपालिकाको वडा नं.९ स्थित “पञ्चमुखी लोकहितकारी समाज नेपाल ईशनाथ न.पा.-९, लौतना, रौतहट” को आज एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि एवं ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष कुमार मेहताद्वारा औपचारिक समुद्घाटन गरिएको छ । पञ्चमुखी लोकहितकारी समाज नेपालको आयोजनामा संचालित उक्त संस्थाको समुद्घाटन तथा दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष नरेश प्रसाद यादवले अध्यक्षता गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि एवं ईशनाथ नगरपालिकाका उप-प्रमुख हुस्ने आरा, विशेष अतिथीगणको रुपमा ईशनाथ नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, संस्थाका पदाधिकारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, भद्रभलादमी, स्थानीयवासी एवं सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । संस्थाका सदस्यद्वय राजेश गिरि र दीपेश यादवले क्रमशः संस्थाको उदेश्य र भावी कार्ययोजना एवं कार्यदिशा बारे प्रकाश पारेका थिए । संस्थाको उदेश्य प्राप्तिका लागि संस्थाका पदाधिकारीहरु एवं सम्बन्धित सरोकारवालाहरु प्रतिबद्ध भई लाग्नु पर्ने र सोका लागि स्थानीय सरकार समेत आवश्यक सहयोग एवं सहकार्य गर्न हरदम तत्पर रहने बारे कार्यक्रमका प्रमुख अतिथी संतोष कुमार मेहताले प्रतिबद्धता व्यक्त गर्दै आउदो दिपावली एव छठ पर्वको शुभकामना दिनुभयो । पशु सेवा प्राविधिक अजय प्रसाद, नासु छोटेलाल साह र हे.अ.सुबोध साहको तर्फबाट संस्थालाई सहयोग स्वरुप रु दस हजार पाँच सयको चेक प्रदान गरिएको थियो । कार्यक्रमको उदघोषण ईशनाथ न.पा.-९ निवासी एवं जिल्ला प्रशासन कार्यालय, रौतहटका ना.सु. छोटेलाल साहले गरेका थिए ।