२० लाख क्षतिपूर्ति सहित र प्रहरीको लापरबाही कै कारण मृत्यु : सुनिल यादब

1380

रौतहट ,११ भदौ। रौतहट जिल्लाको गरुडा नगरपालिका जिंगडियाका – ८ निवासी दलित युवा निरन्जन राम को हतियारले घाँटी रेटी हत्या भएको घटनाको छानबिन गर्नका लागि प्रहरीले ( ७)सात जनालाई थुनामा राखेको छ ।

यसमा पक्राउ अभियुक्तहरुमध्येका एक चरम लापरबाही कारण मिति : २०७७/०५/ ११ गते राती विजय महराको मृत्यु भएको खबरले स्तम्भ बनाएको छ ।

प्रहरी हिरासतमा रहेको बेला कानुन बमोजिम अनुसन्धान नगरी अनावश्यक तरिकाले यातना दिएर दलित व्यक्तिलाई मृत्यु हुने गरि यातना दिनु न्याय प्रतीको उपास हो ।

यस्ता किसिमका अपराधी शैईलिमा प्रस्तुत भैई गैर जिम्मेवार तरिकाले गरेको अनुसन्धान आफैमा घोर निन्दनीय हो यसमा संलग्न जोसुकै प्रहरी प्रशासन लाई कानुन बमोजिम बर्खास्ती गरि विशेष छानबिन गरि दोषीलाई कानुन बमोजिम सजाय हुनुपर्छ । यस्ता किसिमका घटना प्रती नेपाली कांग्रेस रौतहटको ध्यानाकर्षण भएको छ ।

जो दोषी त्यसलाई उन्मुक्ति दिन आर्थिक प्रलोभनमा परी अपराधको सही अनुसन्धान नगर्ने र निर्दोषलाई मासिक यातना दिएर घटना ढाकछोप गर्न मनसाय भएको प्रष्ट देखिन्छ ।

मृतकको परिवारलाई २० लाख क्षर्तिपुती र यसमा संगलन प्रहरीलाई हदैसम्म कडा भन्दा कडा कानुन बमोजिम कार्वाही गर्न एवम मुतकको हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेस रौतहट पत्रकार समेलन मार्फत जोडदार माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । यति सरकारले न्याय दिए भने आन्दोलन गर्न बाध्य हुने जानकारी गराउदै छौ ।