टिकुलियामा निर्माण भएको सामुदायिक भवनको उद्घाटन

480

रौतहट १३ भदौ । रौतहटको गौर नगरपालिकाको मेयर शम्भु साहको पहल निमार्ण भएको सामुदायिक भवन उद्घाटन गरिएको छ ।
रौतहटको गौर नगरपालिका -४ टिकुलियामा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गरिएको हो ।
शहरी बिकास कार्यालय पर्सा बिरगंजको २५ लाखको लगानीमा बनेको भवनबाट गौर -४ टिकुलियाका नागरिक लाभान्वित हुने छन् ।
गौर -४ टिकुलियामा बिकासको काम गर्दै मेयर साहले जनताको मन जितेको भन्दै स्थानियले धन्यवाद दिएका छन ।
भवन निर्माणमा सकृयता देखाउने राम स्वार्थ सहनी ,काशि साह ,शिबजी राय ,जयराम सहनी ,दिपा सहनी ,वडा सदस्य पतिराम सहनी ,निरन्जन गिरी ,जयनन्दन पटेल ,शम्भु पटेल ,अरुण पटेल लगाएतका टोलका अगुवाहरु को प्रशंसा गरिएको छ ।
सो भवन निर्माणका लागि शहरी बिकास तथा भवन निर्माण कार्यालय पर्सा बिरगंजका प्रमुख मदन रायले खेलेको भुमिका अतुलनीय रहेको बताइएको छ ।