मेयर प्रत्याशी युवा चर्चीत नेता जयसवालद्वारा क्रीकेट खेलकुदको उदघाटन

1834

रौतहट ।। नेपाली कांग्रेस पार्टीका रौतहटको प्रभावशाली युवा चर्चीत नेता राजनबाबु जयसवालले खेलकुदले देशको बिकास र पहिचानमा ठुलो भुमिका खेल्ने बताएका छन।

रौतहटको बौद्धिमाई नगरपालिका -२
इनर्वामा अाईतबारका दिन युवा तथा बौद्धीमाई नगरपालिका प्रत्यासी मेयर राजनबाबुले सो कुरा बताएका हुन।

कुनै पनि मानिस स्वस्थ भए मात्रै विभिन्न कामकाजमा खट्न सक्ने लायक हुन्छ सो कुरा खेलकुद बाट मात्रै सम्भव छ र खेलकुदमा राम्रो प्रतिस्पर्धा गरेर जिते देशको नाम र पहिचान बिश्वमा चलाउन सकिने हुनाले देशमा बिकास निर्माण र पहिचानको लागि खेलकुदले ठूलो भुमिका हुने नेता जयसवालले बताए । उद्घाटन सत्रमा कोपवा टोल र बौद्धा बिच प्रतिस्पर्धा भएको थियोे ।पहिलो चरणको खेलमा टस जित्दै कोपवा टिमले क्रीकेट लाई खेल्ने सुरु गरेको थियो भने बौद्धाले बैडिङ सुरुगर्ने भएको थियो। दुबै टिमलाई जयसवालले हार्दिक बधाई दिदै अझ उत्कृस्ट प्रदर्शन गर्न सुझाब दिए।