मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

701

११ भदौ, कलैया (बारा) । मोटरसाइकल दुर्घटनामा परी बिहीबार एकजनाको मृत्यु भएको छ ।

बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका-२ भुतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना६१प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

गम्भीर घाइते भई उपचारका लागि कलैया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । मोटरसाइकल भने प्रहरी चौकी बरियापुरमा राखिएको छ ।