राजदेवी र बृन्दावनमा ‘Empowering her ’ परियोजना सुरु

105
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0228,0.0001; brp_del_sen:0.0500,0.0500; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 36;

रौतहट, जेठ १३ ।
महिला आर्थिक तथा राजनीतिक सशक्तिकरणसँगै जलवायु सहनशील समुदाय निर्माण गर्ने उद्देश्यसहित ‘उनको सशक्तिकरण’ नामक परियोजना राजदेवी र बृन्दावन नगरपालिकामा सुरु गरिएको छ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA), ओक्सफाम र ग्रामीण विकास केन्द्र नेपाल (RDC) को सहकार्यमा सञ्चालन हुने यो परियोजना सार्वजनिक–निजी साझेदारीको नमुनाका रूपमा अघि बढाइएको हो।

परियोजनाको सुरुवात आज राजदेवी नगरपालिकाको सभा हलमा आयोजना गरिएको बैठकमार्फत गरिएको हो।

सुरुवात कार्यक्रममा प्रमुख अतिथि राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी राय यादवले RDC नेपालले विगतदेखि नै नगरपालिकासँग सहकार्य गर्दै आएको बताउँदै दुखका बेला साथ दिने संस्थाको रूपमा यसले पहिचान बनाएको बताए।

कार्यक्रममा उपप्रमुख राजकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, योजना प्रमुख पंकज मिश्रा, वडा अध्यक्षहरू, कर्मचारी तथा RDC नेपालका अध्यक्ष पारस हुसेन, उपाध्यक्ष ममता झा, धर्मेन्द्र साहलगायतको उपस्थिति रहेको थियो।

राजदेवी नगरपालिका बाढी प्रभावित क्षेत्र हो, जहाँ ५५ प्रतिशतभन्दा बढी घरपरिवार कृषिमा निर्भर छन्। विगत पाँच वर्षमा चार पटक बाढी आएको तथ्याङ्क छ जसमा १ हजार २०० भन्दा बढी घर प्रभावित भएका थिए।

यस क्षेत्रमा महिलामाथि लैङ्गिक हिंसा बढ्दो छ, जलवायु परिवर्तनका असर स्पष्ट छन्, र महिला जमिन स्वामित्व नपाउँदा राहत तथा पुनःस्थापनामा पहुँचबाट वञ्चित छन्।

परियोजनाले महिलाको आर्थिक सशक्तिकरण, विपद् जोखिम न्यूनीकरण, जलवायु सहनशीलता र सामाजिक समावेशीकरणलाई मुख्य प्राथमिकतामा राख्नेछ।

सन् २०२५ को अन्त्यसम्म ८ सय ५० घरपरिवार परियोजनाबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ, जसमा ७० प्रतिशत घरमा महिला नेतृत्व रहनेछ।

परियोजनाले महिलाहरूको निर्णय प्रक्रियामा सहभागिता, सीप अभिवृद्धि, स्रोत तथा प्रविधिमा पहुँच सुनिश्चित गर्दै समावेशी र दिगो विकासमा योगदान पुर्याउनेछ।

सन् २००२ मा स्थापना भएको ग्रामीण विकास केन्द्र नेपाल (RDC) गैर–सरकारी, गैर–राजनीतिक तथा गैर–नाफामुखी संस्था हो।

यसको मुख्य उद्देश्य ऐतिहासिक रूपमा पछाडि पारिएका, सामाजिक रूपमा वञ्चित र आर्थिक रूपमा गरिब समुदायहरूलाई सशक्त बनाउनु हो।

संस्थाले स्वास्थ्य, शिक्षा, सरसफाइ, जीविकोपार्जन, बाल संरक्षण, लैङ्गिक समानता, विपद् व्यवस्थापन, जलवायु परिवर्तन न्यूनीकरणलगायतका क्षेत्रमा काम गर्दै आएको छ।